२९ जेष्ठ २०८३, शुक्रबार

६ जना सचिवको सरुवा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ बैशाख । सरकारले ६ जना सचिवको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरूवा गरिएको सरकारकी प्रवक्ता समेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ भने वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खराल कृषि तथा पशुपन्छी विकासमा पुग्नुभएको छ ।

डा. रेवतीरमण पौडेल कृषि पशुपन्छी विकास मन्त्रालयबाट कृषि विकासमा सरूवा गरिएको हो । राधिका अर्याललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालबाट उपराष्ट्रपतिको कार्यालयमा तानिएको छ ।