
काठमाडौं, २१ बैशाख । गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार सिंदरबारमा बसेको राष्ट्रियसभा अन्तरर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उहाँले इच्छा हुने हो भने सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा अघि बढाउन सकिए विपद्बाट नागरिकको जीवन बचाउन सकिने बताउनुभएको हो ।
उहाँले बजेट जसरी भएपनि व्यवस्थापन हुने भएकाले यस्तो अवधारणा आवश्यक रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘इच्छाशक्ति नहुनु र बजेट नहुनु दुई अलग कुरा हुन् । इच्छा हुने हो भने बजेट जसरी नीम्यानेज हुन्छ जस्तो लाग्छ । हामीसँग केहि अवधारणा छन् त्यसमा सहयोग चाहिएको छ । समितिको सातै प्रदेशमा विपद्को लागि एयर एम्बुलेन्स आवश्यक हुन्छ । नागरिकको ज्यान बचाउने कुरा हो । सातै प्रदेशले एयर एम्बुलेन्सको अवधारणा आवश्यक छ । विपद् व्यवस्थापनकालागि आवश्यक सामग्रीहरु जुटाउनुपर्ने हुन्छ त्यो बेला हामीसँग बजेट छैन् भन्ने कुरा हुँदैन ।’
उहाँले सरकार फेरबदल संसारमा जहाँ पनि हुने भन्दै सरकार फेरबदलले नागरिकहरुको जीवनमा कुनै प्रभाव नपार्ने धारणा व्यक्त गर्नुभयो । जुनै सरकार भएतापनि नागरिकका आधारभूत आवश्यकता र मौलिक हक रक्षा गर्ने कुराहरु नै पहिलो प्राथमिकता बन्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,‘सरकार फेरबदल भन्ने कुरा संसारमा जहाँपनि हुन्छ हामी भन्दापनि अस्थिर देशहरु छन् । राजनीतिक रुपमा एकदमै अस्थिर छन् । कहिले कतिबेला सरकार ढल्ने हो बन्ने हो भन्ने कुरा थाहा हुन्न । तर आमनागरिकहरुको जीवनमा त्यसले कुनै प्रभाव पारेको हुँदैन् । किनकी नागरिकका आधारभुत आवश्यकताका कुराहरु मौलिक हक रक्षा गर्ने कुराहरु जे सुकै भएपनि त्यो पहिलो प्राथमिकता बन्छ ।’








प्रतिक्रिया