८ असार २०८३, सोमबार

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले वेस्ट इन्डिजका डेभन थोमसलाई क्रिकेटमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, युएई र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो । आइसीसीले लगायेको आरोप उनले स्वीकार गरेपछि उनको सजाय १८ महिना कम गरिएको छ ।

३४ वर्षीय थोमसलाई श्रीलंका क्रिकेट (एसएलसी), इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) र क्यारेबियन प्रिमियर लिग (सीपीएल)ले भ्रष्टाचारको ७ वटा आरोप लगाएको आईसीसीले जनाएको छ ।

थोमसले आरोपमा दोषी स्वीकार गरे, जसको परिणामस्वरूप उनको सजाय १८ महिनाले घटाइएको छ । उनको सजाय २३ मे २०२३ मा सुरु भएको छ भने २२ मे २०२८ सम्म उनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न पाउने छैनन् ।

थोमसले वेस्ट इन्डिजका लागि तीनवटै फर्म्याटमा खेलेका छन् । उनले एक टेस्ट, २१ एकदिवसीय र १२ टी-२० खेलेका छन् । उनले २०११ को एकदिवसीय विश्वकप पनि खेलेका छन् ।