३० जेष्ठ २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा दुई घण्टा लामो छलफल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उहाँहरूबीच सिंहदरबारमा दुई घण्टा लामो छलफल भएको हो ।

बिहान ११ः४० बजे सिंहदरबार पुग्नुभएका अध्यक्ष ओली दिउँसो १ः५३ बजे सिंहदरबारबाट बाहिरिनु भएको हो ।

सिंहदरबारबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’