शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

डढेलोले सोलुखुम्बुका दश घर खरानी, दर्जनौं पशुचौपाया मरे

दैनिक नेपाल २०८१ वैशाख २० गते १४:४६

काठमाडौं, २० बैशाख । सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँ पस्दा ९ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने एक दर्जन गाई, भैँसीको गोठ जलेको छ । गोठ जल्दा त्यहाँ रहेका पशुचौपाया समेत जलेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा हिजो लागेको डढेलोबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईलगायतको घर र गोठ जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनिआगोले जलेको छ भने दर्जनौँ गोठमा बाँधिएका पशुचौपाया जलेका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो गाउँ पसेपछि घरहरुमा सल्किएको थियो भने केहीबेरमा गाउँ नै खरानीमा परिणत भएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

आगलागी वस्तीबाट नियन्त्रणमा लिइएपनि जटिल भौगोलिक अवस्थाका कारण तीन वटै सुरक्षा निकाय परिचालन गर्दा पनि नियन्त्रणमा लिन नसकिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित