२२ असार २०८३, सोमबार

एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेकपा (एमाले) बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी विजयी हुनुभएको छ ।

१०औं अधिवेशनबाट लालबहादुर श्रेष्ठलाई पराजित गर्नुहुँदै अधिकारी विजयी हुनुभएको हो । अधिकारीले १८० मत पाउँदा श्रेष्ठले १७० मत मात्र पाउनुभयो ।

त्यस्तै उपाध्यक्षमा दुर्गा ओली विजयी हुनुभएको छ । उहाँले १७९ मत पाउनुभयो भने उहाँका प्रतिष्पर्धी कृष्ण गौतमले १५९ मत पाउनुभयो । अधिवेशनबाट सचिवमा पदम ढकाल विजयी हुनुभयो भने उपसचिवमा लहनु थारु निर्वाचित हुनुभएको छ ।

महिला उपसचिवमा संगीता थारु विजयी हुनुभयो ।