२४ जेष्ठ २०८३, आइतबार

बोरुसिया डर्टमुन्डले पीएसजीलाई हरायो

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले अग्रता लिएको छ ।

बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई १–० ले पराजित गरेको हो । डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जसका लागि निकलास फुलक्रुगले एकमात्र गोल गरेका थिए ।

निको श्लोटरबेकको पासमा गरेको गोलले अग्रता लिएको डर्टमुन्डले सोही अग्रता अन्तिमसम्म जोगाउँदै पहिलो लेगमा सफलता हात पारेको हो । दोस्रो लेग अर्को साता पीएसजीको मैदानमा हुने छ ।