बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

दैनिक नेपाल २०८१ वैशाख १९ गते १५:४८

काठमाडौं, १९ बैशख । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा अलआउट हुदै १५१ रन बनाएको थियो ।

नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाउनुभएको थियो । त्यसैगरी वेस्ट इन्डिज ए का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाउदै २२७ रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि जोन्सन चार्ल्सले सर्बाधिक अविजित ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाउनुभयो । त्यस्तै फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाउनुभएको थियो । त्यस्तै किमो पाउलले १३ रन बनाउनुभएको छ ।

त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक एक विकेट लिनुभयो । वेस्ट इन्डिज ‘ए’ ले यो जितपछि ५ खेलको सिरिजमा २(१ को अग्रता बनाएको छ । अब सिरिजको चौथो खेल भोलि खेल्दै छ भने पाँचौं खेल मे ४ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित