५ श्रावण २०८३, मंगलबार

इलाममा एमालेको विजयी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १८ वैशाख । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा (एमाले)ले आज विजय सभा गर्ने भएको छ ।

शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले जित्नुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिनुभयो ।

नेम्वाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जित्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याउनुभयो ।