शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

इलाममा ४३ मत मात्र पाएपछि कमल थापा भन्छन्- जनता समक्ष हाम्रा कुरा पुग्नै पाएन

दैनिक नेपाल २०८१ वैशाख १८ गते ९:४२

इलाम, २८ वैशाख । पूर्वउपप्रधानमन्त्री कमल थापा नेतृत्वको राप्रपा नेपालले हालै सम्पन्न इलाम-२ उपनिर्वाचनमा ४३ मत मात्र प्राप्त गरेको छ । यहाँ राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उम्मेदवार बनाएको थियो । चौहानले आइतबार बिहान सम्पन्न मतगणनामा ४३ मत प्राप्त गर्दा उहाँको जमानत जफत भएको छ ।

यसैबीच, पार्टीका अध्यक्ष थापाले इलाममा पार्टी संगठन कमजोर रहेको र थोरै भोट आउनु स्वभाविक रहेको बताउनुभएको छ ।

‘इलाममा पार्टी संगठन कमजोर थियो, साधनश्रोत थिएन, प्रचार अभियान प्रभावकारी थिएन । जनता समक्ष हाम्रा कुरा पुग्नै पाएन । थोरै भोट आउनु स्वभाविक हो ।’ थापाले फेसबुकमा लेख्नुभएको छ, ‘वर्तमान भ्रष्ट व्यवस्थाप्रति जनतामा वितृष्णा व्याप्त रहेको तथा हिन्दुराष्ट्र र राजाको लोकप्रियता बढीरहेको अवस्थामा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्ने बारे नयाँशिराबाट सोच्न आह्वान गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित