बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

एमाले बर्दिया अधिवेशनको तयारी पूरा, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

दैनिक नेपाल २०८१ वैशाख १७ गते २०:२६

बर्दिया, १७ वैशाख । नेकपा (एमाले) बर्दियाको १०औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।

बर्दियाको गुलरियामा भोलि (मंगलबार)बाट सुरु हुने अधिवेशनको तयारी पूरा भएको एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले अधिवेशनको तयारी पूरा भएको र अधिवेशनको उद्घाटन पार्टी केन्द्रीय अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्ती केपी शर्मा ओलीले गर्नुहुने बताउनुभयो ।

गर्मीको समय भएका कारणले जिल्लाको हरेक पालिकाबाट प्रतिनिधिमुलक रुपमा कार्यकर्ताहरु ल्याउने योजना रहेको बताउँदै उहाँले उद्घाटन सत्रमा बढीमा तीन हजार पाँच सय जना सहभागी हुने बताउनुभयो ।

अधिवेशनको बन्दसत्रमा भने तीन सय ६४ जना प्रतिनिधि रहने छन् । थप आवश्यक देखिएमा जिल्ला कमिटीले ५ प्रतिशत प्रतिनिधि मनोनीत गर्नसक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नयाँ नेतृत्वसमेत चयन गर्ने अधिवेशनले पदाधिकारीसहित एक सय पाँच सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

गुलरियाको कृष्णसार रिसोर्टमा हुने अधिवेशन हलमा मञ्च व्यवस्थापन गरिएको छ भने हलमा नअटाएका सहभागीहरुलाई रिसोर्टको प्राङ्गणमा बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित