२९ असार २०८३, सोमबार

मिलन लिम्बूको जमानत पनि नजोगिने अवस्था

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ बैशाख । इलाम क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू अप्रत्यासित हारको अवस्थामा पुग्नुभएको छ ।

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनको अहिले अवस्था सायदै कसैले कल्पना गरेका थिए । जारी मतणनामा उहाँको नगण्य मात्र मत छ । अहिलेकै अवस्था कायम रहे उहाँलाई जमानत जोगाउन पनि धौधौ देखिएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ ।

जसअनुसार उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने बाध्यता छ ।