बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

इलाममा काँग्रेस र मुढाबीच दोस्रो बन्ने रोमाञ्चक प्रतिस्पर्धा

दैनिक नेपाल २०८१ वैशाख १७ गते १६:१९

इलाम, १७ बैशाख । गर्मी मौसममा इलाम क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धाले देशको राजनीतिक माहोल थप गरम बनाएको छ । नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ जिततर्फ उन्मुख भइरहनु भएको छ । उहाँले निरन्तर मतान्तर बढाउँदै लैजानु भएको छ ।

जसअनुसार सुहाङ विजयी हुनेमा शंका गर्ने ठाउँ छैन । तर, दोस्रो स्थानका लागि नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का र मुढा चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीचको प्रतिस्पर्धा झनै हेर्न लायकको छ ।

खड्का र थेगिमबीचको मतान्तर केही सयको मात्रै छ । डकेन्द्र खड्कालाई उछिन्ने आशमा हुनुहुन्छ भने खड्का डकेन्द्रसँग मतान्तर बढाउने भन्ने संघर्षमा हुनुहुन्छ । ३० हजार मत गन्न बाँकी रहेकाले अझै भन्न कठिन छ ।

प्रतिक्रिया
सम्बन्धित