२४ असार २०८३, बुधबार

इलाम-२ : सुहाङले बनाए डम्बरसँग पाँच हजार बढीको मतान्तर

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ बैशाख । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मतगणना अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो फराकिलो अग्रता कायमै राख्नुभएको छ ।

पछिल्लो मत परिणामअनुसार उहाँले १४ हजार ६ सय १३ मत पाउनुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ९ हजार ३ सय ११ मत पाउनुभएको छ ।

सुहाङ र डम्बरबीचको मतान्तर ५ हजार ३ सय दुईको छ । यस्तै, तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५ सय ७० मत पाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा हुनुहुन्छ ।