१७ असार २०८३, बुधबार

इलाम-२ : सुहाङलाई झण्डै १४ हजार मत, अन्यले कति पाए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ बैशाख । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो फराकिलो अग्रता कायमै राख्नुभएको छ ।

उहाँले झण्डै १४ हजार मत पाउनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले १३ हजार ९ सय मत पाउनुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९ सय १४ मत पाउनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा हुनुहुन्छ ।