बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

इलाम-२ : सुहाङलाई झण्डै १४ हजार मत, अन्यले कति पाए

दैनिक नेपाल २०८१ वैशाख १७ गते १५:२४

इलाम, १७ बैशाख । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो फराकिलो अग्रता कायमै राख्नुभएको छ ।

उहाँले झण्डै १४ हजार मत पाउनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार उहाँले १३ हजार ९ सय मत पाउनुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८ हजार ९ सय १४ मत पाउनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार २ सय ८५ मत पाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू चौथो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित