बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

इलाम-२ : सुहाङले बनाए ४५ सय बढीको मतान्तर, खड्कालाई उछिन्ने तरखरमा डकेन्द्र

दैनिक नेपाल २०८१ वैशाख १७ गते १३:४३

काठमाडौं, १७ बैशाख । इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर ४५ सयभन्दा धेरै पु¥याउनुभएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले १२ हजार ४ सय ५ पाउनुभएको छ भने उहाँलाई पछ्याइरहनुभएका नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८ सय ८२ मत पाउनुभएको छ ।

दोस्रो स्थानमा रहेका काँग्रेसका खड्कालाई स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले उछिन्ने तरखर गर्नुभएको छ । डकेन्द्रले ७ हजार ७ सय ६९ मत पाउनुभएको छ ।

खड्का र थेगिमबीचको मतान्तर १ सय १३ मतको मात्रै मतान्तर छ । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित