बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बझाङमा एमालेका भण्डारीको जित सुनिश्चित

दैनिक नेपाल २०८१ वैशाख १७ गते १३:२४

बझाङ, १७ बैशाख । बझाङ प्रदेशसभा १ (क) मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले आफ्नो विजय पक्का गर्नुभएको छ ।

कडा टक्करकोबीच नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई ४ सय ४६ मतान्तरले पछाडि पार्दै भण्डारी अगाडि बढ्नुभएको हो । भण्डारीले ११ हजार २ सय ९५ मत ल्याउनुभएको छ भने सिंहले १० हजार ८ सय ४९ मत पाउनुभएको छ ।

सुरुवाती मतगणना एमालेका उम्मेदवार भण्डारी अगाडि हुनुहुन्थ्यो । त्यसपछि नेपाली कांग्रेसका सिंह लगातार अगाडि बढ्न भएको थियो । तर, मतगणनाको अन्तिमतिर आइपुग्दा भण्डारीले फेरी अग्रता लिनुभएको हो ।

अब साइपाल गाउँपालिकाको ६ सय मत मात्रै गन्न बाँकी हुँदा एमालेका भण्डारीले ४ सय ४६ को मतान्तर बनाउनुभएको हो । योसँगै एमालेका भण्डारीले जित्ने सुनिश्चित देखिएको छ ।

पछिल्लो मतगणनाअनुसार तेस्रो स्थानमा रहनुभएका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७ सय ९५ मत पाउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित