बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बझाङ : एमालेका भण्डारी सिंहभन्दा १९ मतले मात्रै अगाडि

दैनिक नेपाल २०८१ वैशाख १७ गते १२:५१

बझाङ, १७ बैशाख । बझाङ प्रदेशसभा १ (क) को मतगणना जारी छ । जारी मतगणनाअनुसार उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

नेकपा एमालेका दमनबहादुर भण्डारी नेपाली काँग्रेसका उम्मेदवार अभिषेक सिंहभन्दा १९ मतले मात्रै अगाडि हुनुहुन्छ । भण्डारीले १० हजार ४ सय ११ मत पाउनुभएको छ भने काँग्रेसका सिंहले १० हजार ३ सय ९१ मत ल्याउनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहनुभएका माओवादी केन्द्रका जनक बूढाले ३ हजार ७ सय १३ मत पाउनुभएको छ । चौथो स्थानमा रहनुभएका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ४९ पाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित