११ असार २०८३, बिहिबार

इलाम-२ : सुहाङले बनाए डम्बरसँग झण्डै चार हजारको मतान्तर

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ बैशाख । उपनिर्वाचन अन्तर्गत इलाम-२ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाउनुभएको छ ।

उहाँले नेपाली काँग्रेसका डम्बरबहादुर खड्कासँग ३ हजार ९६० को मतान्तर कायम गर्नुभएको हो । पछिल्लो मतपरिणाम अनुसार सुहाङले ११ हजार ६ सय १९ मत पाउनुभएको छ भने निकटतम् प्रतिस्पर्धी खड्काले ७ हजार ६ सय ५९ मत पाउनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सात हजार ४ सय ५२ मत ल्याउनुभएको छ भने चौंथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु हुनुहुन्छ । उहाँले एकहजार ५ सय ९६ मत पाउनुभएको छ ।