३ श्रावण २०८३, आइतबार

इलाम-२ : खड्कासँगको मतान्तर फराकिलो बनाउँदै सुहाङ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ बैशाख । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर-२ को मतगणना जारी छ । जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले ११ हजार ७८ मत पाउनुभएको छ भने उहाँलाई पछ्याइरहनुभएका नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले सातहजार ३ सय २४ मत पाउनु भएको छ । सुहाङले खड्कालाई साढे तीनहजार बढी मतान्तरले पछाडि पार्नुभएको हो ।

यस्तै, तेस्रो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेवार डकेन्द्रसिंह थेगिमले ६ हजार ९ सय १ मत पाउनुभएको छ भने चौथो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एकहजार ५ सय १२ मत मात्रै पाउनुभएको छ ।