४ श्रावण २०८३, सोमबार

‘सिधाकुरा’विरुद्ध अवहेलना मुद्दा न्यायाधीशद्वय सुवेदी र ढुंगानाको इजलासमा

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । रवि लामिछाने र जिबी राईको ‘ग्यालेक्सी फोर के’मा प्रसारित हुने गरेको सीधा कुरा कार्यक्रमको अनलाइन संस्करण ‘सीधा कुरा डटकम’ र त्यसमा कार्यरत सञ्चारकर्मीविरुद्ध सर्वोच्च अदालतमा आइतबार दायर भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

रिट न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासको पहिलो नम्बरमा परेको छ । अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले मिडियाका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्ध आइतबार सबै न्यायाधीशको सल्लाहबमोजिम अवहेलना मुद्दा दर्ता गर्नुभएको थियो । फुल कोर्ट बैठकको निर्णयानुसार उपरजिष्ट्रार घिमिरेले दायर गरेको रिटमा ‘चार सय मुद्दा हराउने गोप्य डिल, सर्वोच्चका न्यायाधीश,कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकमा लगातार प्रशारण गरेको भिडियो रिपोर्टमा उल्लेख गरिएको विषय भ्रामक, नियोजित र कपोकल्पित रहेको जिकिर छ ।

रिटमा भनिएको छ, ‘नियोजित ढंगबाट प्रशारित सामाग्रीले नेपालको संविधानको धारा १२८ (४), न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत निवेदन पेश गरेको छु ।’