बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

धनुषामा एक पुरुषको शव फेला

दैनिक नेपाल २०८१ वैशाख १७ गते ११:४७

काठमाडौं, १७ वैशाख । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।

पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताउनुभयो ।

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित