बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

एमालेका सुहाङसँग कांग्रेसका खड्का ३ हजार ३५७ मतले पछि

दैनिक नेपाल २०८१ वैशाख १७ गते १०:४०

इलाम, १७ वैशाख । इलाम–२ उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले)का सुहाङ नेम्वाङले १० हजार ४ सय १९ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहनुभएको छ । यहाँ सुहाङसँग खड्का ३ हजार ३५७ मतले पछाडि पर्नुभएको हो ।

यसैगरी, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ७५३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले एक हजार ४५१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित