बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

दैनिक नेपाल २०८१ वैशाख १७ गते १०:२८

स्याङ्जा, १७ वैशाख । स्याङ्जामा चक्कु प्रहार गरी गएराति एक युवकको हत्या भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती–३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन् ।

घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको हो ।

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित