बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

इलाममा एमालेका सुहाङको फराकिलो अग्रता कायमै (अपडेट)

दैनिक नेपाल २०८१ वैशाख १७ गते ९:४८

इलाम, १७ वैशाख । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्बाङले आफ्नो अग्रता बनाइराख्नुभएको छ ।

जारी मतगणनामा केहीबेर अघि सार्वजनिक परिणामअनुसार नेम्बाङले ९ हजार ४८४ मतसहित आफ्नो अग्रता कायमै राख्नुभएको हो ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार ६३१ मतसहित पछ्याइरहनुभएको छ । सुहाङ २ हजार ८५३ मतले अगाडि हुनुहुन्छ ।

यसैगरी, यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५ हजार ९५१ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले १ हजार ४०१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित