१ असार २०८३, सोमबार

बझाङमा कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १७ वैशाख । बझाङ क्षेत्र नं १ को प्रदेश सभा (१)मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ ।

प्राप्त परिणामअनुसार कांग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय २६ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले)का दमनबहादुर भण्डारीले आठ हजार तीन सय ९६, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले तीन हजार एक सय ५३ र नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार दुई सय ८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, थलारा–९ र मस्टा गाउँपालिका–१ र २ को मत गणना सम्पन्न भएको छ ।