
डोटी, १७ वैशाख । डोटीमा एक पुरुषको शव फेला परेको छ ।
जोरायल गाउँपालिका-६ दहस्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतबार मृत अवस्थामा फेला पर्नुभएको हो ।
दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।








प्रतिक्रिया