मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

इलाम २ मा एमालेको अग्रता कायमै

दैनिक नेपाल २०८१ वैशाख १७ गते ६:४४

काठमाडौं, १७ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका (६ वडाबाहेक)को १८ हजार ९४८ मत मतगणना भएको छ ।

यहाँ हालसम्मको मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ भने उहाँलाई पछ्याइरहनुभएका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार ३९५ मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले १ हजार १६२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित