सोमबार, ३१ वैशाख २०८१
DainikNepal.com
सोमबार, ३१ वैशाख २०८१

बझाङ-१ मा एमालेको अग्रता कायमै (अपडेट)

दैनिक नेपाल २०८१ वैशाख १६ गते २०:४१

बझाङ, १६ वैशाख । बझाङ-१ (१) मा भएको प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राख्नुभएको छ ।

एमालेका उम्मेदवार भण्डारीले २ हजार ६३८, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ९ सय ६६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोरकुमार खड्काले ५५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित