२६ असार २०८३, शुक्रबार

राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथ

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उहाँलाई राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले शपथ गराउनुभएको हो ।

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत गर्नुभएको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

नेकपा (एमाले) विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्व नेपाली राजदूतसमेत हुनुहुन्छ ।