१६ असार २०८३, मंगलबार

सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । आजदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै छ ।

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि आज खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले आमऔषधि सेवन अभियान सञ्चालन गरेर (सबैलाई औषधि खुवाउने गरी) दुईहप्ते अभियान सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले ती सात जिल्लाका एक सय एक पालिकाका करिब ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने बताउनुभयो ।

सरकारले यसअघि ती सात जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन भए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गरेको हो । दुई वर्षदेखि माथिका सबै उमेर समूहका सर्वसाधारणलाई औषधि खुवाइने छ ।

सरकारले समुदायस्तरमा संक्रमण रोक्नका लागि ती जिल्लामा सबैलाई औषधि खुवाउन थालेको हो । यसअघि ५३ जिल्लामा समुदायस्तरको संक्रमण रोकिएको छ भने दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको संक्रमण रोकिएको छ ।

अभियानमा यसपटक करिब छ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।