आइतबार, ३० वैशाख २०८१
DainikNepal.com
आइतबार, ३० वैशाख २०८१

बझाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका संकलन गरिँदै

दैनिक नेपाल २०८१ वैशाख १६ गते ७:४०

काठमाडौं, १६ वैशाख । बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ ।  निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १ (क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ ।

आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन गरिसक्ने छ ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन गरेपछि मात्र गणना सुरु हुने आयोगले जनाएको छ ।

६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १ (क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।  यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित