शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

मुम्बई इन्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

दैनिक नेपाल २०८१ वैशाख १५ गते २१:०१

काठमाडौं, १५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो ।

मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन बनाएका थिए ।

त्यस्तै, सूर्यकुमार यादवले २६ र इशान किसनले २० रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २५७ रन बनाएको थियो ।

दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्वाधिक २७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै, ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, शाइ होपले ४१ र कप्तान ऋषव पन्तले २९ रन बनाएका थिए ।

यो जितपछि दिल्ली क्यापिटल्सको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ र अंकतालिकामा पाँचौँ स्थानमा उक्लिएको छ ।

त्यसैगरी, मुम्बईको भने यो छैटौँ हार हो ।  ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौँ स्थानमा झरेको छ ।

प्रतिक्रिया
सम्बन्धित