शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढीको प्रशिक्षण कार्यक्रम सम्पन्न

दैनिक नेपाल २०८१ वैशाख १५ गते २०:५३

हेटौंडा, १५ वैशाख । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरगढी गाउँपालिका कमिटीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीको आयोजनामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । मकवानपुरगढीका युवाहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिइएको हो । जसमा एमाले मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य मदनकुमार दाहालले पार्टीको अभियान मिसन ८४ र समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै, राष्ट्रिय युवा संघ नेपालका लेखा आयोग प्रमुख सन्तोष चौलागाईले युवाहरुलाई जनताको बहुदलीय जनवाद (जबज) र समाजवादको विषयमा प्रशिक्षण दिनुभएको थियो भने एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र उपप्रमुख आरती पाठकले जनसंगठन र पार्टीबीचको अन्तरसम्बन्धको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी, राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका जिल्ला संयोजक राजेश नगरकोटीले राष्ट्रिय युवा संघ नेपालको इतिहास र कार्यदिशाको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

युवा संघ मकवानपुरगढीका अध्यक्ष विष्णुप्रसाद सिलवालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका लेखा आयोग प्रमुख सन्तोष चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै, एमाले मकवानपुरगढीका सचिव नानिराम तिमल्सिना, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका सदस्य कृष्ण ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित