शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

मकैबारीभित्र २० वर्षीय युवकको शव फेला

दैनिक नेपाल २०८१ वैशाख १५ गते २०:१२

सर्लाही, १५ वैशाख । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज बिहान मकैबारीभित्र एक युवकको शव फेला परेको छ।

स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका हुन् । प्रहरी स्रोतले घटना शंकास्पद रहेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहहरनाथ योगी आफै घटनास्थलमा पुगेर फर्किनुभएको छ ।

मृतक अरविन्दको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।

सर्लाही प्रहरीका डिएसपी दीपक श्रेष्ठले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताउनुभयो । ‘घटना शंकास्पद छ, एसपी साप आफै घटनास्थलमा पुगेर फर्किनुभएको छ ।’ श्रेष्ठले भन्नुभयो, ‘शव प्रादेशिक अस्पताल ल्याएर घटनाको सुक्ष्म अनुसन्धानमा लागेका छौँ ।’

एसपीसहित अन्य प्रहरी अधिकारी पनि घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित