बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

नेकपा एसलाई सानो पार्टी भनेर नहेप्न माधव नेपालको चेतावनी

दैनिक नेपाल २०८१ वैशाख १५ गते १९:०२

मकवानपुर, १५ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो पार्टी भनेर नहेप्न चेतावनी दिनुभएको छ ।

शनिबार हेटौंडामा नेकपा एस मकवानपुरको ९औँ  जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीलाई सानो पार्टी भनेर नहेप्न चेतावनी दिँदै आफ्नो पार्टी सानो भए पनि विचार र सिद्धान्तमा अरुभन्दा ठूलो पार्टी भएको दाबीसमेत गर्नुभयो ।

‘पार्टीको अधिवेशनको तयारी गरिरहँदा हाम्रो पार्टीमा आश्चर्यजनक रुपमा जनसहभागीता बढेको छ । यो हाम्रो पार्टीले बोकेको विचार र सिद्धान्तका कारण भएको हो ।’ नेपालले भन्नुभयो, ‘एकीकृत समाजवादीले भ्रष्टाचाररहित इमान्दार र जनताको सेवालाई राजनीतिको मुख्य मिसन बनाएको छ ।’

यसैगरी, पछिल्लो समय सत्ता परिवर्तनको खेल चलिरहेको दाबी गर्दै उहाँले आफ्नो पार्टी सरकार फेरबदल केन्द्रीत नरहेको पनि बताउनुभयो । जनताको पक्षमा काम गर्ने बलियो र दीर्घकालीन सरकार निर्माण गरेर आर्थिक सामाजिक र विकासका काम गर्न सरकारका नेतृत्व गरिरहेकाहरूलाई आफ्नो पार्टीले खबरदारी गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित