बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

इलाम २ उपनिर्वाचन : ५७ प्रतिशत मत खस्यो

दैनिक नेपाल २०८१ वैशाख १५ गते १८:१३

काठमाडौं, १५ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ ।

बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । यो निर्वाचन क्षेत्रमा मतदाता संख्या १ लाख १५ हजार ८ सय ८९ छ । मतदान प्रक्रिया शान्तिपूर्णरूपमा सकिएर मतपेटिका संकलनको काम भइरहेको जानकारी प्रजिअ यादवले दिनुभयो ।

मतपेटिका संकलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ ।

मतगणना दुई ठाउँमा गर्ने तयारी छ । इलाम–२ मा १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया
सम्बन्धित