बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

इलाममा मतपेटिका संकलन गरेर आजै गणना सुरु गर्ने तयारी

दैनिक नेपाल २०८१ वैशाख १५ गते १७:४२

इलाम, १५ वैशाख । इलाम-२ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ ।

निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिँदै ५८ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ । यद्यपि अन्तिम विवरण आउँन भने केही समय लाग्ने बताइएको छ ।

निर्वाचन आयोगले मतदान सकिनेबित्तिकै मतपेटिका संकलन गरिने र मतगणना सुरु गर्ने बताएको छ ।

सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने अनुमान गरिएको छ ।

आजराति नै मतगणना भएमा आइतबार साँझसम्म सम्पन्न हुनसक्ने बताइएको छ ।

इलाम-२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।  यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित