शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन

दैनिक नेपाल २०८१ वैशाख १५ गते १५:२२

काठमाडौं, १५ वैशाख । पुँजीबजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो ।

आन्दोलनमा सहभागीहरुले ‘हामी लगानीकर्ता हौँ, भिखारी होइनौँ’,‘मौलिक हक अधिकारको सुरक्षा गर’,‘लगानी क्याम्प खारेज गर’, ‘लगानीकर्तालाई विदेश पलायन गर्ने कार्य बन्द गर’लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा पुँजीबजार संघर्ष समितिका संयोजक तिलक कोइरालाले सरकारले पहिले लगानी सम्मेलन गरिसकेको भएपनि केही उपलब्धी हासिल गर्न नसकेको आरोप लगाउनुभयो । स्वदेशी लगानीकर्ताले उठाएका मागहरु तत्काल सुनुवाइ गरी लगानीको वातावरण बनाएमा नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गरी देशलाई धनी बनाउन सक्ने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो,‘सरकारको करौडौँ बजेट खर्च गरेर नाटक नगरेको राम्रो । पहिले काम गर्नुपर्छ । वातावरण बनाउन हामीले ध्यानाकर्षण गराएका हौँ । लगानी सम्मेलन तीन चारवटा भइसक्यो अहिलेसम्म कुनै उपलब्धी हासिल भएको छैन् । त्यसैले यस्तो नाटक गर्नुभन्दा हामी लगानीकर्ताले उठाएका कुराहरु तत्काल सुनुवाइ होस् । एउटा वातावरण बनोस् हामी आफै त्यो भूमिका खेल्छौँ । नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गर्छौँ । देशलाई धनी बनाउँछौँ ।’

उहाँले लगानीकर्ता भनेपछि चोर, डाका, फटाह र सामन्त भन्ने भाष्य सिर्जना गरेकोमा आपत्ति जनाउँदै देशका नेताहरु र कर्मचारीतन्त्रमा गलत सोचाइ हाबी भएको बताउनुभयो । नीति, नियम, पूर्वाधार र नियमन राम्रो बनाएर लगानीकर्ताको बजार सुनिश्चित गर्न उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लगानीकर्ता भनेपछि चोर, डाँका, फटाहा, सामन्त भन्ने सोचाइ गलत छ । देशका नेताहरु र कर्मचारीतन्त्रमा त्यस्तो सोचाइ हामी देखिन्छ । त्यो खालको सोचाई परिवर्तन गर्नैपर्छ । नीति, नियम, पूर्वाधार र नियमन पनि राम्रो बनाउनुपर्छ । लगानीकर्ताको समस्या के हो त्यो समाधन हुनुपर्‍यो । बजारको एउटा सुनिश्चितता पनि गर्नुपर्छ ।’

सरकारले तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्दैछ । सम्मेलनमा १ सय ५१ परियोजनाहरु प्रश्तुत गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित