बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

प्यालेस्टिनी खेलाडीहरूलाई ओलम्पिकमा आमन्त्रित गरिनेछ– बाख

दैनिक नेपाल २०८१ वैशाख १५ गते १३:०९

लुजान (स्विट्जरल्यान्ड), १५ वैशाख । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)का प्रमुख थोमस बाखले छदेखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई आइओसीले आमन्त्रण गर्नेछ ।

बाखले शुक्रबार एएफपीलाई जुलाई २६ देखि सुरु हुने पेरिस ओलम्पिक खेलका लागि धेरै खेलका छनोट कार्यक्रम जारी रहेको बताउनुभयो । “तर कुनै पनि प्यालेस्टिनी खेलाडी खेल मैदानमा छनोट भएन भने पनि योग्य खेलाडी नभएका अन्य राष्ट्रिय ओलम्कि समिति जस्तै प्यालेस्टिनको ओलम्पिक समितिले आइओसीको निमन्त्रणाबाट लाभ उठाउनेछ”, स्विट्जरल्यान्डको लुजानस्थित आइओसीको मुख्यालयमा एक अन्तरवार्तामा उहाँले भन्नुभयो ।

उहाँले प्यालेस्टिनी प्रतिनिधिमण्डलको सङ्ख्या ‘छदेखि आठ’ हुने अपेक्षा गरिएको बताउनुभयो । बाखले गाजामा ‘युद्धको पहिलो दिनदेखि’ नै आइओसीले ‘खेलाडीहरूको योग्यतामा भाग लिने र आफ्नो प्रशिक्षण जारी राख्ने अनुमति दिनका लागि विभिन्न तरिकामा समर्थन गरेको’ जानकारी दिनुभयो ।

इजराइल र गाजामा युद्धको तुलनामा युक्रेनमाथिको आक्रमणलाई लिएर आइओसीले रुसलाई फरक व्यवहार गरेको भन्ने भनाइलाई बाखले अस्वीकार गर्नुभयो । युक्रेनमा आक्रमण गरेपछि रुसलाई धेरै अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको थियो र उसका खेलाडीहरूलाई पेरिस २०२४ ओलम्पिकमा राष्ट्रिय झन्डामुनि रहेर प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो ।

पेरिस ओलम्पिकमा भाग लिनका लागि रुसले युक्रेनविरुद्धको युद्धलाई सार्वजनिकरूपमा समर्थन नगरेको र सेना वा सुरक्षा सेवाहरूले काम नगरेको हुन आवश्यक छ । सन् २०२२ मा बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक लगत्तै युक्रेनमा आफ्नो आक्रमणमा मस्कोले ‘ओलम्पिक युद्धविरामको’ उल्लङ्घन गरेको र युक्रेनी खेल सङ्गठनहरूलाई कब्जा गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो ।

“इजराइल र प्यालेस्टिनबीचको अवस्था पूरै भिन्न छ”, बाखले भन्नुभयो । इजराइलमा हमासको आक्रमण र गाजामा युद्धको ‘भयानक परिणामहरू’ प्रति युक्रेनको सार्वजनिक भनाइमा एकअर्काप्रति समान रहेको बाखले बताउनुभयो ।

“पहिलो दिनदेखि हामीले अक्टोबर ७ र फेरि युद्ध तथा त्यसको परिणामका बारेमा हामी कति भयभीत थियौँ भनेर भनेका थियौँ”, उहाँले भन्नुभयो, “हामीले युक्रेनमा रुसी आक्रमणलाई लिएर सधैँ स्पष्ट छौँ ।” एएफपी

प्रतिक्रिया
सम्बन्धित