बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया

दैनिक नेपाल २०८१ वैशाख १५ गते ११:५५

काठमाडौं, १५ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताउनुभएको छ ।

प्रमुख आयुक्त थपलिया आज बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरुसहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहनुभएको छ ।

थपलियाले भन्नुभयो— ‘अहिलेसम्म इलाममा करिब २२ प्रतिशत मत खसिसकेको छ भने बझाङमा १५ प्रतिशत मत खसिसकेको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनकै हाराहारीमा मत खस्ने अपेक्षा गरिएको छ ।’

उपनिर्वाचनमा मतदाताको सुविधाका लागि सबै प्रवन्ध गरिएकाले उत्साहजनक रुपमा मतदान भैरहेको र राम्रोसँग सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित