बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी

दैनिक नेपाल २०८१ वैशाख १५ गते ११:४३

काठमाडौं, १५ वैशाख । बझाङ जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा शान्तिपूर्णरुपमा मतदान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभएको छ । पूर्वनिर्धारित समय अनुसार ७ बजे नै सुरुभएको मतदानमा उत्साहजनक भएर मतदाता सहभागी भइरहेको  जोशीको भनाइ छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जोशीले बताउनुभयो ।

यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले मतदान गर्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

बझाङ–१ का प्रदेश सभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएको आज निर्वाचन भइरहेको छ ।

आजको प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले)बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित