बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे निर्वाचन आचारसंहिता उल्लंघन

दैनिक नेपाल २०८१ वैशाख १५ गते ११:३४

इलाम, १५ वैशाख । इलाम-२ को उपनिर्वाचनमा जारी मतदानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरी मतदान गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न । तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गर्नुभएको हो ।

उहाँले शनिबार बिहान माङसेबुङ गाउँपालिका-२ स्थित जनताकल्याण आधारभूत विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा घन्टी चिन्ह अंकित ब्याज लगाएरै मतदान गर्नुभएको थियो ।

यहाँ बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित