बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका ४ किर्तिमान

दैनिक नेपाल २०८१ वैशाख १५ गते ११:१६

काठमाडौं, १५ वैशाख । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा ब्याट्सम्यानहरुले रनको वर्षा गरिरहेका छन् । गएराति सम्पन्न पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीचको खेलमा पनि रनको वर्षा भएको छ ।

कोलकोताले दिएको २६२ रनको लक्ष्य पञ्जावले १८.४ ओभरमा नै २ विकेट गुमाएर पूरा गरेपछि यो खेल आफैमा ऐतिहासिक बनेको थियो । यस रिपोर्टमा यस खेलमा बनेका केही रेकर्डको बारेमा चर्चा गर्दैछौं ।

१. पञ्जाव किंग्सले यस खेलमा टी-२० क्रिकेटकै इतिहासमा अहिलेसम्मको धेरै रन पिछा गरेर बनाएको छ । यसअघि २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजले दिएको २५९ रनको लक्ष्य पिछा गरेर पूरा गरेको थियो । पञ्जाव किंग्सले यो रेकर्डलाई आफ्नो नाममा लेखाएको छ ।

२. त्यसैगरी, आईपीएलको इतिहासमा यो अहिलेसम्मको ठूलो रन चेज हो । यसअघि २०२० मा राजस्थानले पञ्जावले दिएको २२४ रन चेज गरेको थियो भने राजस्थानले यसै आईपीएलमा कोलकोताले दिएको २२४ रनको लक्ष्य चेज गरेको थियो ।

३. यस खेलमा आईपीएलको इतिहासमा एक इनिंगमा सबैभन्दा बढी छक्का यसै खेलमा प्रहार भएको छ । पञ्जावले आफ्नो इनिंगमा २४ छक्का प्रहार गरेको थियो । यसअघि यसै आईपीएलमा सनराइजर्सले रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्लीविरुद्ध एकै इनिंगमा २२/२२ छक्का प्रहार गरेको थियो ।

४. त्यसैगरी, यस खेलमा आईपीएलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी छक्का प्रहार भएको छ । यस खेलमा कुल ४२ छक्का प्रहार भएको थियो । यसअघि सनराइजर्स र मुम्बई तथा सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरुको खेलमा ३८/३८ छक्का प्रहार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित