५ श्रावण २०८३, मंगलबार

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकामाथि छलफल हुने केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । बैठक शनिबार दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्दै छ ।

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ संगठन, पेसागत जनसंगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव र निर्देशिकामाथि छलफल भएको थियो ।

निर्देशिकामा जसपाको करिब १ लाख ४६ हजार संगठित पार्टी सदस्यमध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।