आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

५६ प्रतिशत पर्यटक बढेपछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

दैनिक नेपाल २०८१ वैशाख १४ गते ८:१९

रियाद, १४ वैशाख । साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ ।

साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र रक्सीलाई इस्लाममा हराम मानिन्छ । यस्तो अवस्थामा साउदीमा मदिरा बिक्री र उत्पादनमा प्रतिबन्ध लगाइएको छ ।

साउदी पर्यटन मन्त्री अहमद अल खातिबले मदिरा आवश्यक भए पनि यसले साउदीको पर्यटनमा प्रतिकूल असर नपरेको बताउनुभएको छ । ब्लूमबर्गसँगको अन्तर्वार्तामा उहाँले साउदीले मदिरा बिक्री नगर्ने निर्णय गरेको बाउनुभयो ।

अहमद अल खातिबले साउदीमा ठूलो संख्यामा मानिसहरु आउने गरेको बताउनुभयो । धेरै मानिसहरु व्यापार, फुर्सद र धार्मिक कारणले आउने गरेका छन् तर उनीहरुले रक्सीको बारेमा गुनासो गरेका छैनन् । मन्त्रीले साउदी आउने मानिसहरु खानपान र किनमेलमा रमाइलो गर्ने गरेको बताउनुभयो । विदेशीहरू यहाँको संस्कृतिसँग परिचित छन् । मन्त्रीले साउदीको पर्यटन प्रवद्र्धनले निरन्तरता पाउनेमा आफू आशावादी रहेको बताउनुभयो ।

साउदी अरबले अन्तर्राष्ट्रिय पर्यटनमा ठूलो फड्को मारेको छ । संयुक्त राष्ट्रसंघको पर्यटन वरियतामा साउदीले शीर्ष स्थान हासिल गरेको छ । सन् २०१९ को तुलनामा सन् २०२३ मा साउदीमा पर्यटनमा ५६ प्रतिशतले वृद्धि भएको छ ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान  ‘गोल २०३०’ अन्तर्गत धेरै कुरामा काम गरिरहनुभएको छ, जसमध्ये सबैभन्दा ठूलो पर्यटन हो । रिपोर्टका अनुसार सन् २०२३ मा १.०६ करोड मानिसले साउदी अरेबिया भ्रमण गरेका थिए, यो संख्या साउदी भिजन २०३० भन्दा बढी हो । सरकारले निओम सिटी, लक्जरी ट्रेनलगायत धेरै कुरामा अर्बौं डलर लगानी गरिरहेको छ तर सबैभन्दा ठूलो प्रश्न साउदीमा मदिरा नहुँदा पर्यटक आउँदैनन् भन्ने हो । यो प्रश्नको जवाफ साउदी पर्यटन मन्त्रीले दिनुभएको छ ।

हालैका महिनाहरूमा, साउदीमा रक्सी पसल खोलिएको खबर साउदीबाट आएको थियो तर यो पसलमा गैर मुस्लिम कूटनीतिज्ञहरूलाई मात्र रक्सी उपलब्ध गराउने निर्णय गरिएको छ । यस पसलमा धेरै कडा नियमहरू बनाइएको छ । साउदीले ७० वर्षमा पहिलो पटक मदिरा बिक्री गर्ने कदम चालेको छ । यो पसल कूटनीतिक क्वार्टर नजिकै खोलिएको छ, जहाँबाट मदिरा किन्न एपमा दर्ता गर्नुपर्नेछ । यसबाहेक यस पसलबाट दर्ता भएका व्यक्तिले मात्र मदिरा किन्न पाउँछन्, कुनै पनि साथी वा चालकलाई रक्सी दिइने छैन ।

प्रतिक्रिया
सम्बन्धित