आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सरकारलाई बालेनको प्रश्न- जनावर बेच्नु वा उपहारमा दिनु वैध हो ?

दैनिक नेपाल २०८१ वैशाख १३ गते १४:११

काठमाडौं, १३ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपाल सरकारले कतारलाई दुईवटा हात्ती उपहार दिन लागेकामा आपत्ति जनाउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत हात्तीका छावा कतार पठाउन लागिएकोमा आपत्ति जनाउनुभएको हो ।

उहाँले जनावर उपहार दिन वा बेच्नु वैध हो ? मरूभूमिमा जनावर कसरी बाँच्छ ? भन्दै प्रश्न गर्नुभएको छ । पशु अधिकारलाई मजाक बनाइएको उहाँले स्पष्ट पार्नुभयो ।

दुई दिने नेपाल भ्रमणमा आउनुभएका कतारका राजा हिजो स्वदेश फर्किनुभएको छ । उहाँको नेपाल भ्रमणमा उपहारस्वरूप दुईवटा हात्तीको छावा उपहार दिने सरकारले तयारी गरिरहेको छ ।

प्रक्रिया पूरा हुन बाँकी रहेकाले हात्ती कतार पठाउन केही दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित