आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

योजना सफल कार्यान्वयन गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ : प्रधानमन्त्री

दैनिक नेपाल २०८१ वैशाख १३ गते १३:२०

काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनुभएको छ ।

राष्ट्रिय विकास परिषद्को बैठक उदघाटन गर्दै उहाँले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगार मूलक शिक्षातथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रितहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पर्यटन प्रवद्र्धन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्नेछ । यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूवाती पुँजी लगानीमार्फत नवीनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।’

उहाँले आर्थिक समृद्धिको संवाहकका रूपमा नीजि क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामूदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको भन्दै सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गर्नुभयो ।

योजनाको सफल कार्यान्वयनकालागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय आवश्यक रहेको भन्दै पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित