शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो काठमाडौंमा

दैनिक नेपाल २०८१ वैशाख १३ गते ११:२७

काठमाडौं, १३ वैशाख । वर्ल्ड ट्रायथलन अध्यक्ष मारिसोल कासाडो तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुग्नुभएको छ ।

नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आउनुभएको हो । यसक्रममा उहाँ पोखरा जानुहुनेछ ।

पोखरामा शनिबार २०२४ एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पिनयसप हुँदैछ । यसमा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ र यो वर्ल्ड ट्रायथलनको मान्यता प्राप्त आधिकारिक प्रतियोगिता रहेको छ ।

नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको आयोजना गर्दै आएको छ ।

वर्ल्ड ट्रायथलनका महासचिव आन्टोनियो अरमानी पनि नेपाल आउने कार्यक्रम रहेको छ र उहाँ शुक्रबार काठमाडौं आइपुग्नुहुनेछ ।

नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले अध्यक्ष कासाडोको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्नुभएको थियो ।

वर्ल्ड ट्रायथलनको मुख्यालय स्विटजरल्यान्डको लुसानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित