१० श्रावण २०८३, आइतबार

बारामा करेन्ट लागेर एक युवकको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १३ वैशाख । बाराको सिमावर्ती सिम्रौनगढ नगरपालिकामा चैते धान र मकै बालीमा पानी पटाउने क्रममा मोटरबाट करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा गाउँका २५ वर्षीय काशीराज यादव रहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताउनुभएको छ ।

बुधबार राति खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।